Rule 34
सरुवा सम्बन्धी व्यवस्था
: (१) यस नियमावलीको अधीनमा रही आवश्यकता अनुसार सशस्त्र प्रहरी कर्मचारीको सरुवा गरिनेछ ।
(२) सशस्त्र प्रहरी कर्मचारीलाई निजको समूह, उपसमूहभित्र मात्र सरुवा गरिनेछ ।
(३) उपनियम (१) बमोजिम सरुवा गर्दा “क” र “ख” वर्गको भौगोलिक क्षेत्रमा साधारणतया अठार महिनाभन्दा बढी अवधिको लागि सरुवा गरिने छैन ।
(४) सशस्त्र प्रहरी कर्मचारीलाई साधारणतया संवेदनशील स्थानमा अठार महिना र एउटै स्थानमा तीन वर्षभन्दा बढी काममा लगाईने छैन ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “संवेदनशील स्थान” भन्नाले नेपाल सरकारले सुरक्षाको दृष्टीले संवेदनशील भनी तोकेको स्थानलाई सम्झनु पर्छ ।